काठमाडौँ, ९ असार । वाणिज्यमन्त्री जयन्त चन्दले भूपरिवेष्ठित र विकासोन्मुख मुलुकका व्यापार मन्त्रीहरुको पाँचौँ बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यसँग मेल खाने अतिकम भियना कार्ययोजनाको प्राथमिकताका क्षेत्रको मूलप्रवाहीकरणको आवश्यकतामाथि जोड दिनुभयो ।
सो बैठक कमविकसित र भूपरिवेष्ठित मुलुक तथा सानाद्वीपीय विकासोन्मुख राज्य र विश्व व्यापार सङ्गठनको आयोजनामा सो बैठक बिहीबार र शुक्रबार जेनेभामा चलिरहेको छ ।
मन्त्री चन्दले भूपरिवेष्ठित विकासोन्मुख मुलुकलाई बिनाअवरोध नजिकको समुद्रसम्मको पहुँच दिनुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment