Tuesday, June 21, 2016

बहिगर्मित जनमुक्ति सेनाद्वारा छानबिनको माग

काठमाडौँ, ७ असार । बहिगर्मित जनमुक्ति सेना नेपालले सरकारले आगामी आवमा जनमुक्ति सेनाका अयोग्य लडाकुलाई प्रतिव्यक्ति रु दुई लाख विनियोजन गरेकामा त्यसको स्वागत गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बहिगर्मित जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथोकीले मुलुकमा गणतन्त्र प्राप्तिका लागि जीवनको प्रवाह नगरी सङ्घर्ष गरेका लडाकुलाई लगाइँदै आएको ‘अयोग्य’ भन्ने शब्द सरकारले खारेज गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले घाइते तथा अपाङ्गलाई निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गर्दै विभिन्न समयमा राजनीतिक आस्थाका आधारमा पक्राउ परेका सङ्गठनका सदस्यलाई रिहा गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनले संयुक्त राष्ट्र सङ्घको शान्ति कोषमार्फत प्रतिव्यक्ति चार लाखका दरले रु एक अर्ब ६८ करोड विनियोजन गरेकामा त्यसको हिनामिना भएकाले छानबिनको समेत माग गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts