Thursday, June 16, 2016

दुई शव फेला, महिला वेपत्ता

गोरखा, २ असार । वर्षापछि आज बिहान आएको पहिरोले घर (टहरो) पुरेपछि गोरखाको ताप्ले गाविस–७ का भक्तिमान भट्टको जस्तापाताले छाएको टहरो पुरेको छ । टहरोदेखि करिब ३० मिटर माथिबाट आएको पहिरोले टहरो पुर्दा भट्टको परिवार छिमेकीको शरणमा बस्दै आएका छन् ।

त्यस्तै, जिल्लाको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । पन्द्रुङ गाविस–८ का ६२ वर्षिय कृष्ण भट्टको शव पन्द्रुङको तीनखण्डेस्थित बाटोदेखि सय मिटर तलको खोल्सीमा फेला परेको हो । पन्द्रुङ–७ को लामागाउँमा काम गर्न मेला गएका उनी गत जेठ ३२ गतेदेखि हराइरहेका थिए ।

यसैगरी, घ्याल्चोक गाविस बर्खेघाटस्थित त्रिशूली नदीमा एक महिलाको शव फेला परेको छ । करिब ३० वर्षकी महिलाको शव सडेगलेको अवस्थामा आज फेला परेको प्रहरीले जनाएको छ ।
शवको पहिचान भने हुन सकेको छैन ।

त्यस्तै, देउरालीस्थित कर्मसिङ प्राविमा आज बिहान छोरा पु¥याउन आएकी बक्राङ–१ शेराबेंसीकी ३५ वर्षीया गीता विक घरबाट बेपत्ता भएकी छिन् । लुदी खोला र दरौँदीको दोभानमा उनले लगाएको चप्पल, मोबाइल, बिषादीको बोतल फेला परेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts