काठमाडौँ, ४ असार । नेपाल चिकित्सक सङ्घले देशका विभिन्न भागमा कार्यरत चिकित्सकलाई गरिएको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्घले आज एक विज्ञप्ती जारी गर्दै राज्यको जिम्मेवार निकायलाई कानुनसम्मत् छानविन गर्ने अधिकार सुरक्षित रहँदारहँदै छानबिनका नाममा चिकित्सक तथा स्वास्थ्य संस्थामाथि असहिष्णुता देखाएको भन्दै आपत्ति व्यक्त गरेको छ ।
सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठले छानविन गर्ने विभिन्न निकाय हुँदापनि कार्यक्षेत्रबाट हत्कडी लगाएर गिरफ्तार गर्नुले चिकित्सा पेसाको अपमान भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यस किसिमको कार्यले सर्वसाधारणमा समेत नकारात्मक प्रभाव पारेको छ । कानुनी कारबाहीको नाममा अमानवीय व्यवहार प्रदर्शन नगर्न सरकारलाई आग्रह गर्दछौँ ।’’ रासस
No comments:
Post a Comment