Monday, June 20, 2016

मधेसवादी दलद्वारा सदन बहिष्कार

काठमाडौँ, ६ असार । मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् ।

सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

सांसद कर्णले सभामुखमार्फत संविधान संशोधनसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न ठूला पार्टी एक ठाउँमा बसेर संविधान संशोधन गर्न तयार हुनुपर्ने र आन्दोलनरत दललाई सहमति ल्याएर समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताउँदै मधेस केन्द्रित दलहरुले बैठक बहिष्कार गरेको जानकारी गराउनुभयो ।

यथावस्थामा संविधान कार्यान्वयन गर्न नदिने बताउँदै उहाँले मधेस आन्दोलनमा पाँच दर्जनको मृत्यु भए पनि सरकार माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts