Wednesday, June 15, 2016

विकासको संवाहक युवाशक्ति मन्त्री पाण्डेय

काठमाडौँ, १ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको विकासका लागि युवाशक्ति परिचालन हुनु आवश्यक भएको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्समा गठित युवा उद्यमी मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालमा उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्नसके मुलुकको द्रुत आर्थिक विकास हुने धारणा राख्नु भयो ।

विकासका संवाहक निजी क्षेत्र रहेको बताउँदै उहाँले युवा उद्यमीले यसको नेतृत्व गर्नुपर्ने र सरकार निजी क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारलाई लगानीमैत्री वातावरण बनाउन आग्रह गर्नुुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts