Saturday, June 25, 2016

लीलाध्वज थापा सम्मान डा त्रिपाठीलाई

काठमाडौँ, ११ असार । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रदान गर्ने ‘लीलाध्वज थापा साहित्य सम्मान’ साहित्यकार तथा समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापाका सुपुत्रसमेत रहनुभएका साहित्यकार विजयध्वज थापाद्वारा लिखित ‘कर्णालीको कुनोदेखि मानसरोवरसम्म’ नामक यात्रा संस्मरणको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठी र प्रा डा खेम कोइराला बन्धुले संयुक्तरूपमा विमोचन गर्नुभयो ।

सोही अवसरमा कुलपति उप्रेतीले लीलाध्वज थापा विभिन्न विधामा कलम चलाउने सशक्त साहित्यकार हुनुहुन्थ्यो, उहाँको कलमले नेपाली साहित्यमा उल्लेख्य योगदान पु¥याएको छ भन्नुभयो ।

विमोचित संस्मरणमा कर्णाली अञ्चलको आर्थिक, सामाजिक र सांस्कृतिकलगायत लेखक आफूले गरेका विकास निर्माणका काम पनि उल्लेख गरिएको छ ।

लेखक विजयध्वज थापाले मानसरोवरजस्तो पवित्र तीर्थस्थलमा साहित्यिक गोष्ठी सञ्चालन गरिएको बारे पनि पुस्तकमा उल्लेख गरिएको जानकारी दिनुभयो ।

विजयध्वज थापाले लीलाध्वज थापाद्वारा २०१४ सालमा लिखित ‘मन’ उपन्यासले मदन पुरस्कार प्राप्त गरिसकेको र सो उपन्यास अहिलेसम्म पनि चर्चित रहेको छ भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts