Wednesday, June 15, 2016

बजेट छलफल असार ६ गतेदेखि

काठमाडौँ, १ असार । विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ ।

व्यवस्थापिका–संसद्ले आज प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२ गतेसम्ममा दिनुहुनेछ ।

संसद् सचिवालयका अनुसार शनिबारबाहेक हरेक दिन सदन बिहान ११ः०० बजेदेखि अपराह्न १७ः०० बजेसम्म बस्ने कार्यसूची निर्धारण गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts