काठमाडौँ, ७ असार । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र बङ्गलादेश शिल्पकला एकेडेमीबीच कला आदानप्रदानसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।
यहाँस्थित बङ्गादेशी दूतावासमा आज आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट कुलपति रागिनी उपाध्याय र बङ्गलादेशी शिल्पकला एकेडेमीका तर्फबाट निर्देशक लकित अली लकीले हस्ताक्षर गर्नुभयो ।
सम्झौतामा निकट भविष्यमै दुई प्रतिष्ठानबीच कला आदान प्रदान कार्यक्रम आयोजना गर्ने बताइएको छ ।
सो अवसरमा नेपालका लागि बङ्गादेशका राजदूत मास्फे विन्ते स्याम्स र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको उपस्थिति रहेको प्रतिष्ठानले जनाएको छ । रासस
No comments:
Post a Comment