Sunday, June 19, 2016

रासस कर्मचारी सङ्गठनमा उपाध्याय

काठमाडौँ, ५ असार । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यसमितिको अध्यक्षमा प्रेमप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ ।

सङ्गठनको आज यहाँ सम्पन्न तेस्रो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामलाल श्रेष्ठ, उपाध्यक्षद्वयमा मधुसुदन अर्याल र विष्णु लामिछाने, महासचिवमा रेश्मा शाक्य, सचिवमा रत्नकृष्ण श्रेष्ठ र अशोक घिमिरेलाई निर्वाचित गरेको छ ।

यस्तै कोषाध्यक्षमा रजनी बज्राचार्य, सदस्यहरुमा विष्णु थापा, कृष्णप्रसाद शर्मा, न्हुछेराज बज्राचार्य, राजेशकुमार श्रेष्ठ, हरि लामिछाने, दिलीप शर्मा, नवीन पौडेल, बलबहादुर विक, रामबहादुर थापा र राजु विश्वकर्मा रहनुभएको छ ।

यस्तै अधिवशेनले रामभगत बुढाथोकी, रमेश लम्साल र युवराज पाण्डेलाई सल्लाहकारमा चयन गरेको छ । अधिवेशनपछि नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य राजकुमार शर्माले कर्मचारीको हकहित र अधिकारका पक्षमा प्रतिबद्ध रहँदै अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रियहित र आवश्यकतालाई आत्मसात् गर्दै राससलाई बलियो, भरपर्दो, प्रतिस्पर्धी बनाउन कर्मचारी सङ्गठनको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts