बैतडी, ८ असार । बैतडीको झुलाघाट नाकाबाट आज प्रहरीले दुई किशोरलाई उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार बैतडीको तल्लोस्वराड मेलौली गाविसका १७ वर्षीय ध्रुव नायक र १४ वर्षीय सन्दीप नायकलाई उद्धार गरिएको हो । उनीहरु कामका लागि भन्दै भारत जान लागेका भन्ने बुझिएको छ । धु्रव कक्षा ९ र सन्दीप कक्षा ६ मा मेलौलीको शीतलपुर माविका विद्यार्थी हुन् ।
उद्धार गरिएका बालबालिकालाई आफन्तको जिम्मा लगाउन अभिभावकलाई खबर गरिसकिएको प्रनाउ पोखरेलले बताउनुभयो ।
यस्तै झुलाघाट नाकाबाटै यही असार ६ गते पाटन नगरपालिकाका १४ वर्षीय नरेश चन्दको उद्धार गरिएको थियो । पछिल्लो समय यहाँका बालबालिकामा कामका लागि भन्दै विद्यालय छोडेर भारततिर पस्ने प्रवृति देखापर्न थालेको छ । रासस
No comments:
Post a Comment