Tuesday, June 14, 2016

टोखामा ‘टोखा केव वाटर फन पार्क’ स्थापना

काठमाडौँ, ३२ जेठ । काठमाडौँको टोखामा सुविधासम्पन्न ‘टोखा केब वाटर फन पार्क’ स्थापना भएको छ ।

‘पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आजदेखि टोखा नयरपालिका वडा नं ६ भूतखेलको चौरमा सो पार्क सञ्चालनमा आएको हो ।

पार्कका सञ्चालक मणि डङ्गोलले टोखालाई पर्यटकीय स्थलको रुपमा विकास गराउन पार्कको निर्माण गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क तीन करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको हो ।”

काठमाडौँको चक्रपथ बाहिर निर्माण गरिएको सो पार्कमा फाष्ट फुड रेष्टुरेन्ट र नेपाली र नेवारी गार्डेन रेष्टुरेंन्टको व्यवस्था गरिएको डङ्गोलले बताउनुभयो ।

साथै वाइफाइको सुविधा, मिटिङ हल, सभा समारोहका लागि क्याटरिङको सेवासमेत रहेको पार्कमा दिनहुँ मौलिक गीत सङ्गीत पस्कँदै नृत्यसमेत प्रस्तुत गरिने उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts