Monday, June 20, 2016

दोषी प्रमाणित नभई अपराधीका रुपमा व्यवहार गर्न हुँदैनःआयोग

काठमाडौँ, ६ असार । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीद्वारा चिकित्सक तथा स्वास्थ्य संस्थामा गरेको व्यवहारप्रति असन्तोष व्यक्त गरेकोे छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै आयोगका सचिव वेद भट्टराईले जस्तोसुकै अभियोगका अनुसन्धानका क्रममा . मानवीय मर्यादाप्रति संवेदनशील हुनुपर्ने र दोषी प्रमाणित नभई कसैलाई पनि अपराधीका रुपमा व्यवहार गर्न नहुनेतर्फ सजग हुँदै व्यक्तिको गोपनीयताको हक र मर्यादाप्रति सञ्चारमाध्यमलाई चनाखो हुन आग्रह गरिएको छ ।

आयोगले स्वास्थ्य सेवा पाउने नागरिकको हकप्रति संवेदनशील भई सो हकबाट कसैले पनि वञ्चित हुनुपर्ने स्थिति सिर्जना गर्ने गराउने कार्य नगर्न, नगराउन चिकित्सक तथा चिकित्सक सङ्घको ध्यानाकर्षण गराउँदै मानवाधिकारको सम्मान गर्ने सन्दर्भमा नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित प्रहरी निकायसँग आवश्यक परामर्श तथा छलफल गर्ने जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts