गौशाला, १९ जेठ । महोत्तरीको बनौली दनौली गाविस–२ स्थित कदम पोखरीमा आज दिउँसो एक महिलाको शव फेला परेको छ ।
नाम, थर, वतन नखुलेको अन्दाजी ५०÷५५ वर्षीया एक महिलाको शव कदम पोखरीमा तैरिरहेका अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
महिलाको शव पोखरीमा तैरिरहेका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस
No related posts.
No comments:
Post a Comment