नेपालगन्ज, १ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सस्तो लोकप्रियता प्राप्तिको दिशामा वर्तमान सरकार क्रियाशील देखिएको बताउनु भएको छ ।
नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवालको शालिक अनावरण गर्न त्यसतर्फ जाने क्रममा आज बिहान नेपालगन्ज विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाई सरकारले सम्बोधन नसकेको आरोप लगाउनुभयो ।
‘जनताको परिवर्तनप्रतिको चाहना र भावना बुझेर सरकारले काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले संविधानको कार्यान्वयनमा आप्mनो दल सधैं एक पाइला अघि रहन्छ भन्नुभयो ।
मौसम अनुकूल नभएपछि जुम्लाको उडान अवरुद्ध हुँदा देउवा नेपालगन्जमै रोकिनुभएको छ । रासस
No related posts.
No comments:
Post a Comment