काठमाडौँ, ११ असार । नेपाल–भारत सीमा कार्यसमूहको तेस्रो बैठक बिहीबार सुरु भई आज सम्पन्न भयो ।
बैठकले सर्भे अधिकृत समिति बैठकले र संयुक्त स्थलगत सर्भे टिमले प्रस्तुत गरेको प्रतिवेदनको समीक्षा गर्नुका साथै नेपाल–भारत सीमामा जारी सीमासम्बन्धी कार्यमा भएको प्रगतिको प्रशंसा ग¥यो ।
परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार बैठकले अर्को स्थलगत कार्यको लक्ष्य र कार्यतालिकालाई पनि अन्तिमरुप दियो । यसअघि बाँकी रहेका कार्यतालिका पूरा गर्न उच्च प्राथमिकता दिने पनि बैठकले निर्णय ग¥यो ।
बैठकले अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरिएको नेपाल–भारत सीमा स्तम्भका लागि नेपाल– इन्डिया बाउन्डरी ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टमको प्रयोगलाई पनि स्वीकृत ग¥यो । दुवै पक्षले प्रभावकारी सीमा व्यवस्थापनको महत्वमा जोड दिनुकासाथै स्थानीय अधिकारी र सीमा क्षेत्रमा बस्ने जनतालाई पनि टोलीका आगामी स्थलगत कार्यसम्बन्धमा सजग गराउनुपर्नेमा जोड दिए ।
बैठकमा नेपाली टोलीको नेतृत्व नापी विभागका महानिर्देशक कृष्णराज बिसीले गर्नुभएको थियो भने भारतका तर्फबाट भारतका सर्भेयर जनरल डा स्वर्ण सुब्बा रावले गर्नुभएको थियो ।
बैठकअघि सोमबारदेखि बुधबारसम्म सर्भे अधिकृत समितिको चौथो बैठक सम्पन्न भएको थियो । सर्भे अधिकृत समितिको अर्को बैठक आगामी सेप्टेम्बर महिनामा र सीमा कार्यसमूहको बैठक सन् २०१७ को अगस्तमा भारतमा हुने भएको छ । रासस
No related posts.
No comments:
Post a Comment