Sunday, June 19, 2016

खाल्डोमा डुबेर नाबालिकाको मृत्यु

उर्लाबारी (मोरङ), ५ असार । मोरङ जिल्लाको बाहुनी–५ मा आज पानी जमेको खाल्डोमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ ।

स्थानीय गोपाल मगरातीकी अन्दाजी डेढ वर्षीया छोरी बिन्दा मगरातीको घर पछाडि रहेको खाल्डोमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts