Wednesday, June 15, 2016

पन्ध्रवटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सुरुङ्गा(झापा), १ असार । खोलाबाट ढुङ्गागिट्टी, बालुवा उत्खनन र बिक्रीवितरण गर्दा चुरेको विनास भएको ठहर गर्दै आजबाट सरकारले पुनः तीन महिनाका लागि नदीजन्य सामाग्री उत्खननमा रोक लगाएको छ ।

सरकारको निर्णयअनुसार हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट ढुङ्गा गिट्टी र बालुवा निकाल्न नपाइने झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले बताउनुभयो ।

गतवर्ष पनि सरकारले चुरेको विनाशको कारण ढुङ्गा, गिट्टी, बालुवा भएको ठहर गर्दै उत्खननमा रोक लगाएको थियो । यस वर्ष सोही निर्णय कार्यान्वयन गरेको उहाँको भनाइ छ ।

सोही क्रममा आज झापाको कनकाई नगरपालिकामा पर्ने विरिङ खोलाबाट १५ बटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारको निर्णयविपरीत खोलाबाट नदीजन्य सामाग्री निकालेको भन्दै नदीजन्य सामग्रीसहितका ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts