Friday, June 3, 2016

गणेशमानको जीवनमा आधारित दुई पुस्तक विमोचित

विराटनगर, २१ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले लौहपुरुष गणेशमान सिंहको जीवनीमा आधारित दुई पुस्तकको आज यहाँ विमोचन गर्नुभयो ।

गणेशमान सिंह फाउन्डेसन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा उहाँले विनोद नेपालद्वारा लिखित ‘समयरेखामा गणेशमान सिंह’ र प्रकाशप्रसाद उपाध्यायद्वारा हिन्दी भाषामा लिखित ‘वीर गणेशमान सिंहकी सङ्घर्ष गाथा’ पुस्तकको विमोचन गर्नुभएको हो ।

सो अवसरमा उहाँले मुलुकको २००७ सालको सशस्त्र क्रान्तिदेखि प्रजातन्त्र पुनःस्थापनामा गणेशमानको योगदान उच्च भएको बताउँदै मुलुकमा लोकतन्त्रलाई बलियो बनाउनका लागि उहाँले देखाएको मार्गमा अघि बढ्नुपर्ने विचार प्रकट गर्नुभयो ।

फाउन्डेसनका अध्यक्ष श्याम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद अमृत अर्याल, फाउन्डेसन संस्थापक अध्यक्ष तोरेन्द्रमानसिंह श्रेष्ठ, फाउन्डेसनका मोरङ उपाध्यक्ष फूलकुमार लालवानी लगायतले गणेशमानको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts