राजविराज, १ असार । चोरी मुद्दामा अदालतबाट पाँच वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बक्दुवाहा गाविस–६ का केदार रायमाझी रहेको प्रहरी निरीक्षक गौरब महतले बताउनुभयो ।
पक्राउ परेका उनलाई आजै अदालतमा उपस्थिति गराई राजविराजस्थित कारागारमा पठाइएको छ ।
रायमाझीलाई चोरी मुद्दाको आरोपमा जिल्ला अदालत राजविराजले २०६८ सालमा १९ दिन कैद र रु २८ हजार ४५० जरिवाना गरेको थियो । रासस
No comments:
Post a Comment