Thursday, June 16, 2016

अधिकारकर्मी, पत्रकार अधिवक्ताविरुद्ध उजुरी

चितवन, २ असार । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा जिल्ला अदालत चितवनमा तारिखमा रहेका पर्शुराम पौडेलसहितका आरोपीले आज अधिकारीका आमा, दाजुसहित १० जनाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।

उजुरी अधिकारकर्मी कनकमणि दीक्षित, मानवअधिकारकर्मी सुबोध प्याकुरेल, पत्रकार घनश्याम खड्का, प्रहरी नायब उपरीक्षक सञ्जय राउत, अधिवक्ता दिनेश त्रिपाठी, रुपा रेग्मी, बिन्दा दाहाल, लोकमान दाहाल, कृष्णप्रसादकी आमा गङ्गामाया र दाजु नुरप्रसाद अधिकारीविरुद्ध रहेको छ ।

उजुरी दिएका पौडेलले तत्कालीन विद्रोहीले गरेको कारबाहीसँग निर्दोष आफूहरुलाई जोडेर नीहित स्वार्थपूर्तिका लागि मानवअधिकारको हनन गरेको भन्दै उजुरी दिएको बताउनुभयो ।

गोरखा फुजेलका अधिकारीको रत्ननगरमा हजुरबुबा भेट्न आएका बेला तत्कालीन माओवादीले हत्या गरेका थिए । सो मुद्दाको छिनोफानो भएको छैन । पौडेलसहित १३ जनाविरुद्ध दाजु नुरप्रसादले किटानी जाहेरी दिएपछि उनीहरु तारिखमा छन् ।

यसैबीच हालसम्म स्थानीय शान्ति समिति चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ७११ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ४२ वटा उजुरी परेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts