Saturday, June 18, 2016

भारी वर्षाबीच प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल

काठमाडौँ, ४ असार । देशका साहित्यकारहरूले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ खेलेका छन् ।

आज भएको खेलमा लुम्बिनी साहित्य टोलीले सगरमाथा साहित्य टोलीलाई २–१ गोलअन्तरले पराजित ग¥यो ।

लुम्बिनीका तर्फबाट कप्तान जसध्वज गुरुङले र माधव ऐरीले समान एक÷एक गोल गर्नुभएको थियो भने सगरमाथाका विपुल पाण्डेले एक गोल फर्काउनुभयो । भारी वर्षापछि मैदान हिलाम्मे हुनका बाबजुद पनि निर्धारित ९० मिनेटको खेल रोचक र प्रतिस्पर्धात्मक भएको थियो । मैत्रीपूर्ण खेल भए पनि दुवै पक्षका खेलाडी जितकै लागि खेलेका देखिन्थे । दर्शकको बाक्लो उपस्थिति र हुटिङले खेल अन्तिमसम्म रोचक भयो ।

संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका ‘संशाक’को आयोजनामा भएको खेलमा दुई टोलीमा गरी करिब ५० साहित्यकारको सहभागिता थियो जसअन्तर्गत सगरमाथा टोलीको कप्तानमा डा शैलेन्दुप्रकाश नेपाल हुनुहुन्थ्यो भने अन्य खेलाडीमा राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्यामप्रसाद रिमाल, उमेश पाण्डे, राधेश्याम लेकाली, हरिप्रसाद पाण्डे, मणिराज थिङ, सन्ध्या पहाडी, उपमा आचार्य, मुकुन्द न्यौपाने, रामप्रसाद बालिका गिरी, जनार्दन अधिकारी, लक्ष्मी उप्रेती थिए ।

त्यस्तै, लुम्बिनीका खेलाडीमा कप्तान गुरुङसँगै गुप्तबहादुर श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, रत्नप्रसाद श्रेष्ठ, भाग्यशाली अधिकारी, बाबा बस्नेत, राधा कार्की, यशोदा अधिकारी, शशि थापा, रामबाबु सुवेदी, कृष्ण प्रसाइँ, उदेश पाण्डे, सुलोचना मानन्धर आदि थिए ।

खेलको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले यस्ता खेल आयोजनाले साहित्यकारको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मकता आउने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –“जसले जिते पनि साहित्यले जित्ने हो । बारम्बार यस्तै खेल आयोजना गरेर तपाइँहरु स्वस्थ हुनुहोस् ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको उत्थान, आपसी सम्बन्ध वृद्धि र मनोरञ्जनका लागि यस्ता खेल आयोजना फलदायी हुने बताउनुभयो । साहित्यकारबीच भएको यस्तो कार्यक्रम सम्भवतः नेपालमै पहिलोपटक आयोजना गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts