Thursday, July 7, 2016

टेलिकममा यूनियनद्वारा विरोध र धर्ना

काठमाडौँ, २३ असार । नेपाल दूरसंचार कम्पनी लिमिटेडको आठौँ साधारण सभामा ऐन कानून विपरीत कम्पनीको स्वायत्तता हरण गरी कम्पन्ीि धराशायी गर्ने षडयन्त्र गरेको भन्दै नेपाल टेलिकम कर्मचारी यूनियनले विरोध गर्दे आएको छ ।
कम्पनीले साधारण सभामा विशेष प्रस्तावका रुपमा पेश गर्नुपर्ने नियमावली संशोधन जस्तो गम्भीर विषयलाई छलफल नै नगरी नियमावली संशोधन पारित भएको भनी भ्रमपूर्ण सूचना प्रकाशित गरेको भन्दै कर्मचारी यूनियनले सो कार्यको विरोधमा असार १९ गतेदेखि दैनिक रुपमा प्रवन्ध निर्देशकको कार्यकक्षमा धर्ना दिदै आएको बताएको छ ।
कम्पनीले नेपालको संविधान, कम्पनी ऐन, २०६३ तथा सर्वोच्च अदालतको फैसला समेतको विपरित व्यवस्थापन र संचालक समितिको काम कारबाहीले कम्पनी धराशायी बनाउने, कर्मचारी र शेयरधनीहरुको अहित हुने काम गरेको कर्मचारी यूनियनका महासचिव धिरेन्द्रप्रसाद दत्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनी धराशायी गर्ने उक्त कदमको विरोध गर्दै यूनियनले कम्पनी भित्र कानूनी शासन, कम्पनीको स्वायत्तता, शुसासन र कम्पनीलाई चलखेलको थलो हुनबाट जोगाई कर्मचारीको भविष्य सुनिश्चित गर्न कम्पनीलाई आग्रह गरेको छ । आफ्ना मागबारे सुनुवाई नगरिए कर्मचारी यूनियन आन्दोलनमा उत्रिन बाध्य हुने यूनियनका अध्यक्ष राजकुमार मेहताले बताउनु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts