काठमाडौँ, ४ साउन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले करुणालक्ष्मी शाक्यलाई जनसङ्ख्या विषयमा विद्यावारिधि (पिएचडी) उपाधि प्रदान गरेको छ ।
संस्थानका निमित्त डिन प्रा डा विमलकुमार सिन्हाले शाक्यले महाराजगन्ज चिकित्सा क्याम्पसबाट सञ्चालित जनसङ्ख्या विषयमा विद्यावारिधि पाउनुभएको जानकारी गराउनुभयो ।
उहाँका अनुसार शाक्यले ‘जन्मँदा कम तौल र त्यसका कारणः नेपालको एक अस्पतालमा आधारित अध्ययन’ भन्ने सोधपत्रमा पिएचडी गर्नुभएको थियो । रासस
No comments:
Post a Comment