Tuesday, July 12, 2016

अबको सुनुवाइ बिहीबारको बैठकले निर्धारण गर्ने

काठमाडौँ, २८ असार । संसदीय सुनुवाइ विशेष समितिले वर्तमान सुनुवाइको कार्यविधिमा सुधारका साथ परिमार्जन गरेको छ ।

समितिले डा गणेशमान गुरुङ, आनन्दप्रसाद ढुङ्गाना र अनिता परियार रहेको उपसमितिले दिएको सुझावका आधारमा कार्यविधि सुधार र परिमार्जन गरेको हो । समितिको आजको बैठकमा प्रस्तुत कार्यविधिमा सुनुवाइका लागि बोलाइएको व्यक्तिलाई बोल्न २० मिनेटको समय प्रदान गरिने उल्लेख छ ।

परेका उजुरीबारे केन्द्रित रहेर समितिका सदस्यले सुनुवाइका लागि समितिमा आएका व्यक्तिसँग पाँच मिनेटभित्र जिज्ञासा राख्ने तथा पूरक प्रश्नका लागि थप दुई मिनेट समय दिइने उल्लेख छ । सुनुवाइमा आउने व्यक्तिले विभिन्न कारणबाट आआफ्ना कुरा स्पष्ट राख्न नसक्ने अवस्था आएमा कति जनासम्म सहयोगीको सहयोग लिन सक्ने भन्ने विषय पनि कार्यविधिमा परेको छ ।

उजुरीकर्तालाई पनि भनाइ स्पष्ट पार्न १० मिनेटको समय प्रदान गर्ने व्यवस्था गरिएको बुझिएको छ । समितिको यही असार ३० गते बिहान बस्ने बैठकले कार्यविधिसम्बन्धी सबै विषय टुङ्ग्याएर सर्वोच्च अदालतका न्यायाधीशको सुनुवाइ कार्य प्रारम्भ हुने सदस्य डा गुरुङले जानकारी दिनुभयो ।

सर्वाेच्च अदालतका न्यायाधीश र राजदूतको नियुक्तिमा सिफारिस गरिएका नाम संसदीय सुनुवाइका लागि समितिमा लामो समयदेखि थाती रहँदै आएको छ । कार्यविधिमा समितिको कामकारबाहीको समीक्षा गर्ने तथा समितिका बैठकमा अरु को कस्ता व्यक्तिले भाग लिन पाउने भन्ने कुरा पनि उल्लेख गरिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts