Tuesday, July 5, 2016

दुर्घटनामा महिलाको मृत्यु

विराटनगर, २१ असार । स्कुटीलाई मोटरसाइकलले ठक्कर दिँदा आज मोरङमा एक महिलाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पथरी–शनिश्चरे–२ की स्कुटी चालक कविता धिमालको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

स्कुटीमा पछाडि बसेकी कविताकी छोरी १७ वर्षीया अनिरीता र मोटरसाइकल चालक झापा बिर्तामोडका अरुण खड्का सामान्य घाइते भएका हुन् ।

धिमाल चढेको को४प ४७४३ नम्बरको स्कुटीलाई बा८४प ३९३४ नम्बरको मोटरसाइकलले उर्लाबारी–१ स्थित राजमार्गमा ठक्कर दिएको थियो । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts