Thursday, July 7, 2016

सवारी दुर्घटनामा दुईको मृत्यु

सुरुङ्गा (झापा), २३ असार । अलग अलग स्थानमा आज भएको सवारी दुर्घटनामा परी नाबालिकासहित दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार डाँगीबारी– ८ स्थित भित्री सडकखण्डमा देवकुल बोर्डिङ स्कुल, बेलडाँगीको बसको ठक्करबाट सोही ठाउँ निवासी १३ वर्षीया अनुष राईको मृत्यु भएको हो । प्रहरीका अनुसार साइकलमा सवार उनलाई मे१ख ९७२ नंको स्कुल बसले ठक्कर दिएको थियो ।
यसैबीच तोपगाछी–५ मा ना५ख १५१६ नंको बसको ठक्करबाट इलाम चुलाचुली–५ निवासी आठ महिनाकी नाबालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको चुलाचुली मोडमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा त्रिसला कुमालकी छोरीको मृत्यु भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts