काठमाडौँ, १० साउन । नेकपा माओवादीद्वारा आज आह्वान गरिएको नेपाल बन्दको प्रभाव मुलुकभर सामान्य रुपमा परेको छ ।
आज साँझ विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बन्दका क्रममा तोडफोड, आगजनी र जबर्जस्ती बन्द गराउने कार्यक्रममा संलग्न १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बन्दका क्रममा काठमाडौँ दुई ट्याक्सी, चितवनमा एउटा मिनी ट्रक, तनहुँमा एउटा ट्रक गरी चारवटा सवारी साधनमा तोडफोड गरेको, सार्लाहीमा ट्रमा पेट्रोल बम प्रहार गर्न खोल्नेलाई नियन्त्रणमा लिइएको, ललितपुरमा एउटा बस, नुवाकोटमा एउटा जिप र एउटा ट्रकमा लुकिछिपी तोडफोड गर्दा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
बाढीबाट जनजीवन प्रभावित
मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले मुलुकको पूर्वी र मध्य तराइको जनजीवन प्रभावित भएको जनाएको छ ।
पछिल्लो जानकारी अनुसार सिन्धुलीमा पहिरामा परेर आज एक जनाको मृत्यु र तीन घाइते, गुल्मीमा खोलाले बगाई एक जनाको मृत्यु, सिरहामा कमला नदी तर्ने क्रममा एक जनाको मृत्यु र दुई बेपत्ता, सर्लाहीको झिम नदी तर्ने क्रममा एक जनाको मृत्यु, गोरखामा पहिराबाट तीन घरमा क्षति र ३८ घरमा आंशिक क्षति पुगेको बताइएको छ ।
यसैगरी डुबानका कारण सुनसरीमा ३१६ परिवार, झापामा करिब २०० परिवार, सप्तरीमा करिब ४०० परिवार र मोरङमा २०० परिवार प्रभावित भएका छन् । त्यस्तै बक्राहा नदीको बाँध फुटी ३०० घरपरिवार डुबानमा परेका छन् । मन्त्रालयका अनुसार उक्त घटनामा प्रहरीले तत्कालै टोली परिचालन गरी उद्धार र राहतको काम तीव्र रुपमा अघि बढाएको छ । रासस
No related posts.
No comments:
Post a Comment