Thursday, July 7, 2016

काठेपुल जीर्ण

सल्यान, २३, असार । पुल जीर्ण हुँदा सल्यान रिमका बासिन्दा जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् ।
रिम–९ सिस्नेरी खोलामा रहेको काठेपुल २०५५ सालमा तत्कालीन नेकपा माओवादीले निर्माण गरे पनि मर्मतसम्भार हुन नसकेपछि स्थानीयवासीलाई खोला वारपार गर्न समस्या भइरहेको स्थानीयवासी इन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

वैशाख जेठमा पानीको सतह कम हुँदा खोला वारपार गर्न समस्या नभए पनि वर्षायाममा भने ठाडो खोला हुँदा तर्न निकै समस्या हुने गरेको स्थानीयवासी कुलबहादुर रावतले वताउनुभयो । “पुल जीर्ण भएपछि आधा घन्टा घुमेर सडकको बाटो भएर जानु पर्ने बाध्यता रहेको छ, जसले गर्दा सामान बोकेर वरपर गर्न समस्या हुँदै आइरहेको छ ।” रावतले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts