Friday, July 29, 2016

रासस समाचार प्रभाव – जुम्ला प्रशासन फौजी कुकुर ठेगान लगाउँदै

जुम्ला, १४ साउन । यही साउन ११ गते राससमार्फत गोरखापत्रमा प्रकाशित ‘फौजी कुकुरको आक्रमणबाट सात दर्जन पशुको क्षति’ भन्ने शीर्षकको समाचारलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल फौजी कुकुर ठेगान लगाउने भएको छ ।

हिजो प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकले कुकुर ठेगान लगाउने निर्णय गरेको हो । फौजी कुकुरले पु¥याएको क्षतिको समाचार सञ्चारमाध्यममा आएको र यहाँका स्थानीयवासीले तिनलाई मार्न दिएको निवेदनलाई कारबाही गर्न आकस्मिक निर्णय गरिएको प्रजिअ पण्डितले बताउनुभयो ।

“स्थानीयवासीको निवेदनमा मारिएका पशु चौपाया २५ र घाइते १० छन्, पहिचान नभएका दर्जनाँै पशुको क्षति भएको उल्लेख गरिएको छ” – उहाँले भन्नुभयो । स्थानीय किसानको पशुको क्षति कम गर्न र नगरवासीलाई कुकुर आतङ्कबाट मुक्त पार्न तीन दिनको समयावधि राखिएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सुरुमा क्षति भएका पशु र स्थानको यकिन गर्ने र तयसपछि नगरवासीलाई आफ्ना घरपालुवा कुकुर घरमै सुरक्षित राख्न सूचना गरिने, तीन दिनभित्र छाडा अवस्थामा भेटिएका परिस्थितिलाई अध्ययन गरी आताङ्क मच्चाउने भुस्याहा कुकुरलाई मार्ने अभियान चलाइने भएको छ । यो अभियानमा पशु सेवा कार्यालय, चन्दननाथ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, किसान संलग्न रहने जनाइएको छ ।

विशेषगरी यी कुकुरले चन्दननाथ नगरपालिका वडा नं ३, ७ र ८ वडाका भण्डारीवाडा, छिना र महतगाउँका स्थानीयवासीका पशु चौपायामा बढी क्षति पु¥याएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts