इटहरी, २९ असार । सुनसरी जिल्लाको बराहक्षेत्र गाविस–१ पाँचहटेस्थित सुनसरी मोरङ सिँचाइ नहरमा आज दिउँसो १ बजेतिर अपरिचित पुरुष नहरमा हाम फाली बेपत्ता भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।
सिँचाइ नहरमा हाम फालेको स्थानीयवासीले देख्नासाथ प्रहरी चौकी चतरालाई खबर गर्नासाथ पुगेको प्रहरीले नहरमा हाम फालेका व्यक्ति फेला पर्न नसकेको र प्रहरीले खोजतलास गरिरहेको पनि प्रहरी चौकी चतराले बताएको छ । उनी को हुन् भन्ने कुरासमेत पहिचान हुन नसकेको बताइएको छ । रासस
No comments:
Post a Comment