ललितपुर, २७ असार । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिल्ला प्रशासन कार्यालय ललितपुरको नयाँ भवनको आज शिलान्यास गर्नुभएको छ ।
रु नौ करोड ३९ लाख १३ हजार २५९ मा निर्माण हुने भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले बताउनुभयो । भवन निर्माणका लागि एमके निर्माण सेवासँग सम्झौता भएको उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment