Tuesday, July 12, 2016

सरकारलाई दिइएको समर्थन फिर्ता

काठमाडौँ, २८ असार । नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी केन्द्रले नेकपा(एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै माओवादीका तर्फबाट सरकारमा सहभागी आपूर्तिमन्त्री गणेशमान पुनले पनि सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको बताउनुभयो ।

केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएका सम्बन्धमा आजै प्रधानमन्त्री र सभामुखलाई जानकारी गराइने बताएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने लगायत विषयमा जानकारी दिन पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज अपराह्न २ बजे पत्रकार सम्मेलन गरिँदैछ ।
पार्टी प्रवक्ता पम्फा भुसालले पत्रकार सम्मेलनमा नै सबै विषयमा जानकारी दिइने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts