Sunday, July 10, 2016

सार्वजनिक सुनवाइ सम्पन्न

भद्रपुर, २६ असार । जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको आव २०७२÷७३ को वार्षिक सार्वजनिक सुनवाइ कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा पशु चिकित्सक डा कुमारसिंह खत्रीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै कार्यालयले चालु आवमा प्रशासनिक खर्चसहित रु चार करोड ८४ लाख ४८ हजार खर्च भएको जानकारी दिनुभयो । पशु, फुल र दुग्ध उत्पादन तथा घाँस उत्पादन तथा युवा लक्षित बजार प्रवद्र्धनजस्ता कार्यक्रममा खर्च भएको विवरण प्रस्तुत गर्दै डा खत्रीले जिल्लामा औसत मासु ३.५, फुल ५.५ र दुग्ध ६.४ मेट्रिक टन वार्षिक उत्पादन वृद्धि दर रहेको बताउनुभयो ।

जिल्लामा गाई फार्म १५६, भैँसी फार्म सात, बाख्रा फार्म ८४ कुखुरा फार्म ३६०, कुखुरा लेयर्स फार्म २६ र पाडा फार्म २० वटा रहेका कार्यालय प्रमुख डा माधव दाहालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts