काठमाडौँ, २४ असार । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न भागमा गएको बाढी पहिरोबाट पीडित जनताको उद्धार, राहत र उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
उक्त पार्टीको आज यहाँ बसेको पदाधिकारीको बैठकले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटनामा ज्यान गुमाउने परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले संविधान कार्यान्वयका लागि प्रभावकारी कार्यक्रम घोषणा सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिँदै नेपाली जनतालाई समृद्ध तुल्याउने अभियानमा सहयोग पु¥याउन सबैलाई आह्वान गर्ने निर्णय गरेको अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment