Tuesday, July 26, 2016

पहिरोले कपास उद्योग पुरिँदा सात घाइते

पर्वत, १२ साउन । गएराति वर्षासँगै भीरबाट झरेको पहिरोले माझफाँट–२ मा कपास उद्योग पुरिँदा सातजना घाइते भएका छन् ।

पर्वत जिल्लाको माझफाँट–२ बारीबेनीमा कालीगण्डकीको तिरमा रहेको धौलागिरि कपास उद्योग पहिरोका कारण पुरिएको हो । पहिरोले पुरिएर उद्योगभित्र सुतिरहेका सातजना मजदुर र सञ्चालक घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

घाइतेको छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । पहिरोका कारण उद्योगमा लाखौँको क्षति भएको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts