चितवन, २९ असार । जिल्ला प्रहरी कार्यालय चितवनले लमजुङ बाहुनडाँडा घर भई हाल भरतपुर उपमहानगरपालिका वडा नं १६ बस्ने ३० वर्षीया रिता भुजेलको हत्यामा संलग्न एक अभियुक्तलाई यहाँ आज सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न धादिङ जिल्ला गुम्दी गाविस–९ बस्ने २६ वर्षीय हेमबहादुर थापामगरलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । भुजेल असार २६ गते नारायणगढको पोखरा बसपार्कस्थित होटल कलशमा कोठा नं २०१ मा मृत अवस्थामा भेटिएको जिप्रका चितवनका प्रमुख वसन्तबहादुर कँुवरले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरुबीचको आपसी बैमनस्यताका कारण घटना भएको हो ।
मृतक भुजेलले आरोपी थापामगरलाई आफू एक्लो रहेको र अब दुवै जना जापान जाने भन्दै थापामगरसँग रु एक लाख १० हजार लिएर सो रकम नदिएपछि उनको हत्या गरिएको थापामगरले बयान दिएका छन् । उनीहरुबीच केही महिनादेखि सामाजिक सञ्जालमाफत प्रेम सम्बन्ध अघि बढेको प्रहरीको अनुसन्धानबाट खुलेको कार्यालयका प्रमुख कुँवरले बताउनुभयो ।
थापामगरलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलअन्तर्गत कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment