Friday, July 22, 2016

‘राजनीतिक विकास क्रममा पुष्पलालले पु-याएको योगदान अतुलनीय’

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष ऋषि कट्टेलले मुलुकको राजनीतिक विकास क्रममा पुष्पलालले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसमा आज यहाँ पदयात्रापछि भएको
सभामा उहाँले देशमा सामाजिक न्याय र समानता कायम गर्न सकेमा मात्र उहाँप्रति साँचो सम्मान हुने बताउनुभयो ।
सोही दलका उपाध्यक्ष लोकनारायण सुवेदीले मुलुकमा विभिन्न चिरामा बाँडिएका कम्युनिस्ट पार्टी अब एकताबद्ध भई उहाँले स्थापना गरेको विचार तथा सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्रले निरङ्कुश जहानिया शासनको अन्त्य गर्न लोकतन्त्र र वामपन्थीका एकताबाट संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार रहेको बताउनुभयो ।
पार्टीले ‘पुष्पलाल र आजको राष्ट्रिय राजनीति’ विषयमा प्रवचन, रक्तदान, विद्यालयस्तरीय वादविवाद प्रतियोगिता लगायत कार्यक्रम यही साउन ११ गतेसम्म सञ्चालन गर्ने भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts