Thursday, July 21, 2016

नेविसङ्घद्वारा चियापान

काठमाडौँ, ६ साउन । नेपाल विद्यार्थी सङ्घले विश्वेश्वरप्रसाद कोइरालाको ३४ औँ स्मृति दिवसका अवसरमा आज साँझ चियापान तथा दीप प्रज्वलन गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढे मात्र देशले समाधान पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “बिपीजस्तो दूरदर्शी नेताको अभावमा मुलुकको राजनीति अस्थिरता आइरहेको छ ।”

नेता सिंहले नेकपा (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts