Friday, July 15, 2016

बाढीबाट जोगिन कृत्रिम अभ्यास

भद्रपुर, ३१ असार । नेपाल रेडक्रस सोसाइटी झापा शाखाद्वारा कनकाई नदी बेसिन बाढी उत्थानशील सवलीकरण कार्यक्रम झापाको कनकाई नदीमा आज सम्पन्न भएको छ ।

शिवसत्ताक्षी नगरपालिका–९ स्थित सुकुम्बासी टोललाई लक्षित गरी गरिएको बाढीबाट जोगाउन, पीडितलाई उद्धार गरी जनधनको क्षतिलाई न्यूनीकरण गर्न कृत्रिम अभ्यासको कार्यक्रममा सशस्त्र प्रहरी र नेपाली सेनाका जवानले कनकाई नदीमा अभ्यास गरेका थिए ।

बाढीबाट प्रभावित बनेपछि तत्काल गर्नुपर्ने सबै कार्य अभ्यास गरेर आम जनतालाई सुसूचित गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिविस, पशु सेवा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका कार्यालयले तत्काल गर्नुपर्ने कार्य र दायित्व अध्यासबाट देखाइएको थियो ।

सो अवसरमा प्रजिअ मदन भुजेलले बाढीबाट जोगिन प्रभावित क्षेत्रका मानिस चनाखो भएर बस्नुपर्ने भन्दै आपत्विपद्मा परेका मानिसलाई उद्धार एवम् राहत प्रदान गर्न सरकारले काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली सेना कालीबहादुर गण चारआलीका प्रमुख खेमनारायण पौडेल, सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्की र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले पनि प्राकृतिक प्रकोपले मानव जीवनमा ल्याउने कष्ट र दुःखकाबारेमा चर्चा गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts