Thursday, July 21, 2016

संसदको बैठक भोलि २ बजेका लागि सारियो

काठमाडौँ, ६ साउन । व्यवस्थापिका–संसद्को आज २ बजेका लागि निर्धारित बैठक भोलि अपराह्न २ बजे बस्ने भएको छ ।

विशेष कारणवश बैठक भोलि २ बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख दलहरुबीच बजेटसँग जोडिएका आश्रित विधेयक अगाडि बढाउने कि अविश्वासको प्रस्ताव अगाडि बढाउने भन्ने विषयमा मतैक्य हुन नसकेपछि सचिवालयले बैठक बस्ने समय सारेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts