Tuesday, July 26, 2016

महिला भलिबल टोलीले भारतसँग खेल्ने

काठमाडौँ, ११ साउन । नेपाली महिला भलिबल टोलीले भारतको महिला टोलीसँग यसैसाता मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

यही साउन १३ र १४ गते दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाल भलिब सङ्घका अध्यक्ष मनोरन्जनरमण शर्माले आज यहाँआयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले उक्त खेलको लागि सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउन भारतीय टोली बुधबार नेपाल आइपुग्ने आयोजक सङ्घले जनाएको छ । उक्त खेलमा सहभागिता जनाउने नेपाली टोलीमा कप्तानको जिम्मेवारी बिनिता बुढाथोकी पाएकी छिन् ।

त्यसैगरी उपकप्तान मञ्जु गुरुङसँगै अन्य खेलाडीमा सरस्वती चौधरी, नेबिका चौधरी, प्रतिभा माली, कृपा अधिकारी, कोपिला उप्रेती, रेश्मा भण्डारी, कमला पुन, अरुणा शाही छन् । उक्त मैत्रीपूर्ण खेल राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts