Tuesday, July 19, 2016

कुखुराको चल्लासहित भारतीय पक्राउ

रौतहट, ४ साउन । गौरस्थित प्रहरीको टोलीले गए राति सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा कुखुराको चल्लासहित तीन भारतीय भरियालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी बङ्कुलका प्रहरी निरीक्षक शिवशङ्कर शर्माको नेतृत्वमा गएको टोलीले सोमबार राति ९ बजे गौर– २ नरकटिया गाउँ नजिकबाट बाकसमा राखिएका एक हजार ५७५ चल्लासहित अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतीहारीका ३० वर्षीय जिमदार यादव, १६ वर्षीय अनिल यादव र २० वर्षीय धर्मेन्द्रकुमार रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका चल्ला आज जिल्ला प्रहरी कार्यालय गौरको प्राङ्गणमा खाल्डोमा पुरिएको छ । अभियुक्तलाई आवशयक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइने प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

अभियुक्त जिमदारले ती चल्ला पिपरिया– ८ का मोतिम मियाँको रहेको र आफूहरुले ज्यालामा पु¥याउने गरेको बताए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts