काठमाडौँ, २४ असार । शास्त्रीय वाद्यवादनका युवा प्रतिभा मीनबहादुर समालको आज यहाँ एक बाँसुरी वादन कार्यक्रम सम्पन्न भयो ।
जरा फाउन्डेसन र सर्वनाम नाट्यघरले आयोजना गरेको कार्यक्रममा समालले हंसराग हुँदै, विभिन्न परिचित गीतका धुन, लोकगीत, हिन्दी र नेपालीको समायोजन गरी थुप्रै धुन प्रस्तुत गर्नुभयो । नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति लगायत अतिथि र सहभागीलाई मन्त्रमुग्ध पार्दै समालले डेढ घन्टा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
विसं २०४४ मा सिन्धुलीको विपन्न परिवारमा जन्मनुभएका समाल काठमाडौँमा साहित्यकार मुक्तिनाथ शर्मा न्यौपानेका घरमा कामदारका रुपमा काठमाडौँ छिरेको र पछि न्यौपानेकै सल्लाहमा कलानिधि इन्दिरा गान्धी सङ्गीत महाविद्यालयमा भर्ना भई सिनियर डिप्लोमासम्मको अध्ययन गर्न सफल हुनुभएको फाउन्डेसनका महासचिव महेश पौडेलले जानकारी दिनुभयो । समालले विभिन्न धार्मिक कार्यक्रम र लोक दोहोरी साँझमा पनि बाँसुरी बजाउँदै आउनुभएको छ । रासस
No comments:
Post a Comment