प्यूठान, ११ साउन । सोमबारदेखिको लगातार परेको बर्षाका कारण जिल्लाको फोप्ली–६ सिममा गएराति पाँच घर पहिरोले बगाउँदा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको मृत्यु भएको छ ।
पहिरोमा परी बेपत्ता हुनेमा नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर केसी र उनकी श्रीमती विन्दू केसी, नरबहादुर बुढाथोकी (जागेश्वर) र उनकी श्रीमती तिमा बुढाथोकी रहेका छन् ।
पहिरोबाट नारायण केसीकी श्रीमती नानीमैया केसी र भीमसेन पुनलाई सकुशल उद्धार गरिएको छ । जिल्लामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने २४ जना वेपत्ता छन् ।
यसैबीच, प्यूठानमा गएको बाढी तथा पहिरोबाट पीडितलाई राहत तथा उद्दारका लागि गठित समितिले हिजो प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षा मन्त्री र गृहमन्त्री लाई भेटी उद्दार तथा राहत प्रभावकारी बनाउन माग गरेको छ । समितिमा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल तथा सांसदहरु हुनुहुन्छ । सिटी पोख्रेल/रासस
No comments:
Post a Comment