Sunday, July 24, 2016

जनकपुर उपमहानगरपालिका जलमग्न

जनकपुरधाम, १० साउन । अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिकाका सम्पूर्ण वडा जलमग्न भएको छ ।

पानीको व्यवस्थित निकास नभएकाले सडक जलाशयमा परिणत भई ढलको पानी सडकमा नै बगिरहेको छ । वर्षाले उपमहानगरपालिकाका २७ वटै वडाका पुरानो घरमा पानी पसेको छ ।

पानीले राष्ट्रिय समाचार समिति, हुलाक , यातायातलगायतका सरकारी कार्यालय र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ ।

त्यस्तै नगरको कदम चोक, पिडारी चोक, भानु चोक, विद्यापति चोक, विश्वकर्मा चोक, विमानस्थल, माछा बजार, कटैया चोरी, नयाँ बस्ती, पुल चोक, उद्योग वाणिज्य सङ्घ, अञ्चल अस्पताल र बाह्र बिघालगायतका क्षेत्रमा पानी बगिरहेको छ ।
पानीले टेलिफोन र विद्युत् प्रसारणसमेत प्रभावित भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts