Friday, July 8, 2016

ग्रिसमा आप्रवासी समस्या जटिल चुनौती बन्दै

ग्रिस, २४ असार । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले ग्रिसको आप्रवासी समस्या चुनौतीपूर्ण हुदै गएको बताउनुभएको छ ।

उहाँले हालैमात्र पनि ग्रिस पुगेर ग्रिसका प्रधानमन्त्री अलेक्सिस् सिप्राससँग शरणार्थी समस्या र यसले युरोपमा ल्याएको सङ्कट सम्बन्धमा कुराकानी गर्नुभएको थियो ।

गएको १८ महिनामा यो समस्या बढी चुनौतीपूर्ण हुदै गएको बताइएको छ । यस समयमा मात्र ग्रिसका विभिन्न टापू भएर युरोप छिर्ने आप्रवासी तथा शरणार्थी करिब १० लाख पुगेका पाइएको छ ।

यसरी छिर्ने शरणार्थीमा सबैभन्दा बढी सिरियाबाट विस्थापित भएका नागरिक रहेका छन् । उनीहरु सिरियामा जारी हिंसाका कारण त्यसरी देश छोडर भाग्नुपरेको बताएका छन् ।

राष्ट्रसङ्घीय प्रमुख बानले यसको ग्रिसमा प्रत्यक्ष असर भए पनि शरणार्थी समस्या समाधानमा ग्रिसले लिएको संयम, विवेकशील एवम् दूरदर्शी सोचको प्रशंसा पनि गर्नुभयो ।

कर्जा सङ्कटबाट गुज्रिरहेको मुलुकमा शरणार्थीको ठूलो प्रवाह पर्दासमेत संयमित तरिकाले यसको समाधानका लागि ग्रिस सरकारले लिएको कदम सराहनीय छ, बानले भन्नुभयो ।

राष्ट्र सङ्घको आँकडाअनुसार सन् २०१५ मा मात्रै करिब पाँच लाख शरणार्थी लेसवसको बाटो ग्रिस हुँदै विभिन्न युरोपेली मुलुकमा प्रवेश गरेका छन् ।

सन् २०१५ विश्वका शरणार्थीका लागि एक प्रमुख चुनौती बन्न पुगेको पाइएको छ । यसरी थपिएका शरणार्थीका कारण युरोपमा एकपछि अर्काेगरी समस्याहरु थपिँदै गएका पनि बताइएको छ । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts