Friday, July 15, 2016

प्रम ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज माइतीघर मण्डलमा स्वतःस्फुर्त रुपमा प्रदर्शन गरिएको छ ।

स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदर्शन कार्यक्रम आयोजना गरेको अभियानका सदस्य कुबेर अधिकारीले जानकारी गराउनुभयो । “प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान जोगाउन काम गरेकाले उहाँको समर्थनमा प्रदर्शन गरेका होँ” उहाँले भन्नुभयो ।

अभियानमा समर्थन जनाउन आउनुभएका हास्यकलाकार राजाराजेन्द्र पोखरेलले प्रधानमन्त्री ओलीले देशको स्वाभिमान जोगाएकाले उहाँको समर्थन गरिएको बताउनुभयो । प्रदर्शनमा प्रधानमन्त्री ओलीको समर्थनमा गीत र कविता प्रस्तुत गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts