Saturday, July 9, 2016

बसको ठक्करले श्रीमतीको मृत्यु ,श्रीमान् घाइते

जनकपुरधाम, २६ असार । प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जनकपुर उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीय शम्भु साह र उनकी श्रीमती ४२ वर्षीया प्रमिला साह बिहान ४ः३० बजे मर्निङवाक गरिरहेकाबेला ढल्केबरतिरबाट आएको बसले पछाडिबाट ठक्कर दिँदा प्रमिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् शम्भुको बायाँ खुट्टा भाँच्चिएको छ ।

पिडारी चोक र रामानन्द चोकबीचमा भएको सो घटनापछि बस लिएरै चालक फरार भएका छन् ।

घाइते शम्भुको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले बताउनुभयो ।

फरार बस र चालकको खोजी तीव्र पारिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts