काठमाडौँ, २५ असार । नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोक शाखाले जिल्लाको तातोपानी, नयाँ बस्ती र बाह्बिसे क्षेत्रका बाढीपहिरोपीडितलाई राहत सामग्री पु¥याएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको समन्वयमा सोसाइटीले ५० थान त्रिपाल, ५० कम्मल, २५ सेट भान्साका सामग्री, २५० किलो चामल, ५० किलो दाल, २५ प्याकेट नुन, तेल, सरसफाइ किट, पाँचहजार अक्वाट्याब र दुई हजार जीवनजलका प्याकेट जस्ता सामग्री लिपिङ बजार पु¥याएको छ ।
सोसाइटीका कार्यकारी निर्देशक इन्द्र केसीले सिन्धुपाल्चोकका तातोपानी, नयाँ बस्ती र बाह्बिसेका बाढीपहिरोपीडितलाई आवश्यक ती राहतका सामग्री पु¥याइएको जानकारी दिनुभयो ।
यही असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले सो क्षेत्रका ३८ घर एवम् सडक क्षति पु¥याएको छ ।
सो क्षेत्रमा नेपाली सेनाले ६ स्थान त्रिपाल र जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक औषधि पु¥याएको छ । साथै नेपाली सेनाले जोखिममा रहेकालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण समेत गरेको थियो ।
तातोपानी गाविसको कार्यालयमा भण्डारण गरिएका राहत सामग्री स्थानीय प्रशासन, रेडक्रस, नेपाल प्रहरी र स्थानीयवासीको समन्वयमा वितरण गरिने नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले बताउनु भयो ।
उक्त क्षेत्रमा स्वास्थ्य तथा सरसफाइका कमीले हुनसक्ने क्षति रोक्न रेडक्रसले खानेपानी, सरसफाइ र स्वच्छता प्रवद्र्धन सम्बन्धी राष्ट्रिय विपद् प्रतिकार्य तालिम लिएका स्वयम्सेवक परिचालन गरिसकेको जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment